आर्सनलद्धारा लेष्टर सिटी पराजित, अंक तालिकामा शीर्ष पाँचको भिडन्त रोचक

  कार्तिक ०६ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेष्टर सिटीलाई ३–१ ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा आर्सनल ३–१ ले विजयी भयो ।

 

घरेलु टोलीका लागि पिएरे एमरिक औबामायङ्गले दुई गोल गर्दा मेसुत ओजिलले एक गोल गरे । आर्सनलकै हेक्टर बेलरिनले एक आत्माघाति गोल गरेपछि लेष्टर सिटीले हार अन्तर कम गर्‍यो ।

 

गएरातीको खेलपछि ९ खेलबाट २१ अंक जोडेको आर्सनल फेरी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानको चेल्सी र पाँचौ स्थानको टोटनह्याम हट्सपरको पनि २१–२१ अंक नैं रहेको छ । लिगमा २३ अंक जोडेका म्यान्चेस्टर सिटी र लिभरपूल क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । 

प्रतिकृया दिनुहोस