महालक्ष्मीले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं असोज २६। महालक्ष्मी विकास बैंकले चुक्ता पुँजीको ७ प्रतिशत रकम नगद लाभांश वितरण गर्ने भएको छ। शुक्रबार काठमाडौंमा सम्पन्न बैंकको सत्रौँ साधारणसभाले ७ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति दिएको हो।

 

 

बैंकको चुक्ता पुँजी दुई अर्ब ६३ करोड ३७ लाख ९७ हजार कायम रहेकोमा त्यसको ७ प्रतिशत अर्थात १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो। त्यस्तै बैंकले चुक्ता पुँजीको ८ प्रतिशतका दरले २१ करोड सात लाख तीन हजार ७९६ रुपैयाँ बोनस शेयर जारी गर्ने विषयमा पनि साधरणसभाबाट स्वीकृति पाएको छ। यसो गर्दा बैंकको दुईअर्ब ८४ करोड ४५ लाख एक हजार रुपैयाँ चुक्ता पुँजी पुग्ने छ

 

 

। बैंकको कुल निक्षेप गत वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भएर २७ अर्ब २७ करोड पुगेको छ। त्यस्तै लगानी एक अर्ब ७६ करोड, कर्जा तथा सापटी २१ अर्ब ६५ करोड रूपैयाँ पुर्‍याएको बैंकले जनाएको छ। बैंकको कुल सम्पत्ति भने ३१ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यो गत अर्थिक वर्षको तुलनामा ८.९१ प्रतिशतले बढी हो। बैंकले चालु आर्थिक वर्षबाटै चिप बेस कार्ड प्रयोगमा ल्याउने जनाइएको छ।

 

 

बैंकका अध्यक्ष राजेश उपाध्यायले बैंकलाई आगामी दिनमा थप राम्रो र विश्‍वासिलो बनाउनको लागि बैंकले उच्च प्रविधिको प्रयोग गर्ने बताए। उनले बैंकले जनताबाट बचत भएको निक्षेपको सही प्रयोग गर्ने र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने गरी काम गर्ने पनि बताए।

 

 

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आफ्ना शाखाहरूले विविधिकरण र विस्तार गर्दै लगेको जानकारी गराए। बैंकले हालसम्म देशभर ७५ वटा शाखा विस्तार गरिसकेकाे छ। अव एक वर्षभित्रमा थप २० वटा शाखा विस्तार गर्ने योजना पनि बनाइको जनाइएकाे छ।
 

प्रतिकृया दिनुहोस