स्माट्फोन, ट्याब्लेट जस्ता डिभाइसहरुले बच्चाहरुमा कस्तो समस्याहरु निम्ताउछन त हेर्नुहोस ।

असोज २२ । साना बच्चाहरु पनि स्माट्फोन, ट्याब्लेट जस्ता डिभाइसहरुमा अभ्यस्त भएको देख्दा लाग्छ, अहिलेका बच्चा बोल्न पछि सिक्छन् तर स्मार्टफोन चलाउन पहिले सिक्छन् ।

 

बच्चाहरु रोएको बेलामा फकाउन वा भुलाउन मोबाईल फोन दिने धेरै आमाबुबाको बानी हुन्छ । तर, धेरै आमाबुबालाई कम उमेरमै स्मार्टफोन र ग्याजेटको प्रयोगले बच्चाको मनोविज्ञानलाई प्रभावित गर्छ भन्ने कुरा थाहा नहुन सक्छ ।


हालसालै गरिएको एक अध्ययनले पत्ता लगाए अनुसार पहिलेको तुलनामा आजभोली बच्चामा डिजिटल कुराहरु बुझ्ने क्षमता धेरै छिटो र तिव्र रुपमा विकसित भइरहेको छ ।

 

यसैले बच्चा कम उमेरमा नै गेम खेल्न, म्युजिक बजाउन, भिडियोहरु हेर्न र फोटोको लागि पोज दिन सिक्छन् ।

आजको यो स्मार्ट युगमा विभिन्न खाले स्मार्ट ग्याजेटले घेरिएका तपाईंका बच्चाको मनोविज्ञानमा कस्तो प्रभाव पर्छ त रु

सामाजिक र भावनात्मक विकासमा असर गर्छ

स्मार्टफोन र इन्टरनेटले बच्चाको संवाद गर्ने कला र भावनात्मक विकासलाई पनि प्रभावित गरेको छ । स्मार्टफोनको उपयोगले बच्चा सानैमा आधुनिक र स्मार्ट त बन्छन् तर आफ्नै अभिभावकसँग उनीहरुको कनेक्सन कम भइरहेका छन् ।

अध्ययनका अनुसार बच्चाहरुले सबैभन्दा धेरै प्रत्यक्ष वा फेस(टु(फेस कम्युनिकेसन बाट सिक्छन् । तर, स्मार्ट ग्याजेटको प्रयोगको कारण बच्चामा मानिसहरुसँग फेस(टु(फेस अन्तक्रिया कम हुन थालेको छ । यसले उनीहरुको समग्र सामाजिक विकास प्रभावित भइरहेको छ ।

बच्चाहरुको शब्दकोश कमजोर भैरहेका छन्

दुई देखि तीन वर्षको उमेरसम्म हरेक बच्चाले बोल्न र सुन्न सिक्छन् । यसैक्रममा उनीहरुको आफ्नो शब्द भण्डार तयार हुन्छ । यसै उमेरमा यदि बच्चा स्मार्टफोनमा समय धेरै बिताउन थाले भने उनीहरुको बोल्ने र सुन्ने प्रक्रियामा बाधा आउँछ र उनीहरुको शब्दकोश कमजोर हुन्छ ।

स्मार्टफोनले बच्चाको स्वतन्त्र सोचलाई पनि प्रभावित गर्छ भन्ने कुरा अभिभावकहरुले सोच्नुपर्ने हुन्छ । यसले रचनात्मकतामा पनि असर पर्छ ।

दिनको १५(२५ प्रतिशत समय स्क्रिनमै झुन्डिन्छन्

अध्ययनमा १० वर्षभन्दा ठूला ५० देखि ६० प्रतिशत बच्चाहरुले आफ्नो दिनको १५ देखि २५ प्रतिशत समय स्क्रिनको अगाडि बिताउने तथ्य पत्ता लाग्यो ।

 

त्यस्तै १६ वर्ष भन्दा ठूला ६० देखि ६५ प्रतिशत किशोरकिशोरीले दिनको भने २० देखि ३० प्रतिशत समय स्क्रिनमा बिताउने कुरा पनि अध्ययनबाट पत्ता लाग्यो ।

 

आजभोली हामीहरु चारैतिरबाट स्क्रिनवाला डिभाइस जस्तै स्मार्टफोन, ट्याब्लेट, नोट, ल्यापटप, डेस्कटप, टिभीबाट घेरिएका हुन्छौं । सानैदेखि स्मार्टफोनको प्रयोग, टिभीमा फिल्म कार्टुन हेर्ने, ल्यापटप र ट्याबलेटको प्रयोग गर्ने बानीले बच्चाको आँखा त प्रभावित हुन्छ नै उनीहरुको मनोविज्ञान पनि प्रभावित हुन्छ ।

 

यँहा सम्म पकि आजभोली धेरै विद्यालयहरुमा प्रोजेक्टर र स्क्रिनको माध्यमले डिजिटल रुपमा अध्यापन गराइन्छ । यस्तो अवस्थामा धेरैजसो बच्चाले दिनमा कम्तीमा पनि १५० पटक स्क्रिन हेर्छन् ।

 

यसै कारण उनीहरु विभिन्न शारीरिक खेलहरु जस्तै फुटबल, बास्केटबल लगायत अन्य खेलहरुबाट टाढा भएका छन् । अहिलेका बच्चा बिहान उठ्नासाथै मोबाईल चलाउन थाल्छन् ।

मस्तिस्कमा पर्छ नराम्रो असर

जब हामी यस्तो उपकरणहरु बच्चाहरुलाई दिन्छौं उक्त उपकरणबाट निस्कने आवाज र त्यसको प्रकाश प्रति बच्चाहरु प्राकृतिक आवाज र प्रकाशभन्दा धेरै आकषिर्त हुन्छन् । यसै कारणले नै बच्चाहरुको प्रकृति र समाजसँग जोडिने स्वभाविकता सकिन्छ ।

 

यदि बच्चा सानै देखि यी इलेक्ट्रोनिक्स स्क्रिन भएका उपकरणहरुको प्रयोग गर्छन् भने उनीहरुको दिमागी विकास यसले प्रभावित गर्छ ।

 

यी उपकरणहरुको कारणले मस्तिस्कमा विकसित हुने कैयौं महत्वपूर्ण कोषहरु उत्पन्न हुनासाथ विस्तारै विस्तारै नष्ट हुन थाल्छन् जसले बच्चा केही विशेष काममा पछाडि पर्छन् ।

 

खास कुरा त के हो भने यसमा धेरैजसो कोषहको विकास दोस्रोपटक हुँदैन र बच्चाहरुलाई मस्तिस्कको समस्या देखिन सक्छ र जीवनभर दुर्वलतासँग जुध्नुपर्छ ।

 

देखिन सक्छन् यी समस्याहरु

यी उपकरणहरुको प्रयोगले आमरुपमा बच्चाहरुमा देखिने समस्याहरु निम्न छन्ः

(कुनै एक चीजमा ध्यान केन्द्रित गर्न नसक्नु

(पढाईलेखाईमा मन नलाग्नु

(दिमाग एकाग्र नहुनु

(कुनै कुरा चाँडै नै भुल्ने बानी लाग्नु

(सहि र गलत छुट्याउने क्षमता कमी हुनु

(स्वभावमा परिवर्तन हुनु र एक्लै बस्न मनपराउनु

(अरुको कुरा नसुन्ने र नबुझ्ने हुनु

(जिद्दी स्वभावको हुनु र आमाबुबाले भनेको नमान्नु

प्रतिकृया दिनुहोस