ट्रक र हायस बस ठोक्किँदा चारको मृत्यु ,१९ जना घाईते ।

असोज २० । कोहलपुर–कुसम सडकखण्डको मुगुवाखोलानजिक ट्रक र हायस बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ। दाङबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख १६६२ को हायस बस र नेपालगञ्ज जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शमशेरगञ्जबाट ६ किलोमिटरपूर्व बाँके राष्ट्रिय निकुञ्ज मुगुवा खोलानजिक ठोक्किँदा बसमा सवार चार जनाको मृत्यु भएको हो। 

 

दुर्घटनामा १९ घाइते भएको इलाका प्रहरी कार्यालयका कोहलपुर प्रहरी निरीक्षक मानबहादुर जीसीले जानकारी दिए।  शिक्षण अस्पताल कोहलपुरमा घाइतेहरूको उपचार भइरहेको उहाँले बताउनु भयो । 

प्रतिकृया दिनुहोस