टीभी खोल्दा करेन्ट लागेर मृत्यु ।  

-असोज १९ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा टीभी खोल्दा करेन्ट लागेर एक महिलाको  ज्यान गएको छ ।भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानी, लामाखर्ककी ६० वर्षकी धनी आलेको करेन्ट लागेर ज्यान गएको हो । टेलिभिजनको ‘प्लग’ लगाउने क्रममा एक्कासी करेन्ट लागेर घटनास्थलमै महिलाको  ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानाकारी दिनुभयो 

प्रतिकृया दिनुहोस