सन्थाल बालबालिकालाई वीरता जेसीजको सहयोग पोशक, व्याग र जुत्ता पाउँदा अभिभावक पनि दंग।  

बिर्तामोड, असोज १८। सीमान्तकृत तथा विपन्न सन्थाल समुदायका बालबालिकालाई आज विहीबार वीरता जेसीजले विद्यालय पोशाक, व्याग लगायतका सामग्री सहयोग प्रदान गरेको छ ।  


सन्थाल समुदायका बालबालिकाको शिक्षामा पहुँच बृद्धि तथा बालबालिकाले शिक्षा आर्जनका लागि कुनै कुराको अभाव खेप्नु नपरोस् भन्ने सन्देश प्रवाह गर्न जेसीजले पोशाक, व्याग, जुत्ता लगायतका सामग्री प्रदान गरेको बताइएको छ ।


वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहकाबीच प्रमुख अतिथि संस्थाका पूर्वअध्यक्ष शेखर ढकालले उक्त सामग्री प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । 


जेसीजले बिर्तामोडस्थित देवी माविमा अध्ययनरत् आठ जना छात्रछात्रालाई उक्त सामग्री प्रदान गरेको हो । देवी माविकी प्रधानाध्यापक अम्बिका श्रेष्ठ, प्रमुख अतिथि ढकाल लगायतले सीमान्तकृत तथा विपन्न सन्थाल बालबालिकाको शिक्षाका लागि जेसीजले उदाहरणीय सहयोग गरेको जानकारी गराउनु भयो ।  । 

उनीहरुले जेसीजले यस्ता कामबाट वास्तविक सेवाको सन्देश प्रवाह पनि गरेको बताए । 
सन्थाल बालबालिकाको निवास परिसर बिर्तामोड १मा भएको कार्यक्रममा सामग्री पाउने बालबालिका र तिनका अभिभावक खुशीले दंग देखिन्थे । कार्यक्रम संयोजक वीरता जेसीजका सदस्य मो। साहनवाज अन्सारीले स्वागत गरेको कार्यक्रममा आस्था वाचन सदस्य सुरेश खतिवडाले गर्नुभएको थियो  ।

महासचिव बिनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा जेसीआई मिसन, भिजन तथा नेपाल जेसीज र वीरता जेसीजको थिम वाचन कोषाध्यक्ष जीवनकुमार खड्काले गर्नुभएको थियो  । 

उक्त सामग्री पाउने छात्रछात्रामा विशाल हेमरम कक्षा–९ पवन बास्के कक्षा–७, सिद्धान्त वेस्रा कक्षा–१०, निशा हेमरम कक्षा–७, बिनु हस्दा कक्षा–७, निशान हेमरम९कक्षा–५, प्रवीन बास्के कक्षा–५, सन्ध्या बेस्रा९कक्षा–५ रहेका छन् ।
 

प्रतिकृया दिनुहोस