फेसबुकका करिब ५ करोड प्रयोगकर्ताहरुको डाटाहरु चोरी ।

असोज १३ । सामाजिक सन्जाल फेसबुकका करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको छ ।

ह्याकरले ह्याक गरेर डाटा चोरी गरेको फेसबुकले जनाएको छ । डाटा चोरी भएको विषयमा कम्पनीले आन्तरिक जाँच गरिरहेको जनाएको छ ।

 

ह्याकरहरुले ‘भ्यू एज’ फिचरमा हमला गरेर यसैमार्फत युजर अकाउन्टमा छिरेर डाटा चोरी गरेको बताइएको छ ।

 

डाटा चोरी भएको घटना सार्वजनिक भएपछि यो फिचरलाई अहिले डिसेबल गरिएको छ ।

फेसबुकका प्रोडक्ट म्यानेजमेन्टका उपप्रमुख गाई रोजनले डाटा चोरी भएको विषय २५ सेप्टेम्बरमा मात्र थाहा पाएको र त्यतिबेलासम्म करिब पाँच करोड प्रयोगकर्ताको डाटा चोरी भइसकेको जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस