वातावरण संरक्षण मन्च नेपालले सक्यो भौगोलिक सुचना प्रणाली सम्बन्धी  तिन दिने तालिम

असोज ८
 

भौगोलिक सुचना प्रणाली जिआइएस० सम्बन्धी  तिन दिने तालिम झापाको विर्तामोडमा  सम्पन्न भएको छ । वातावरण संरक्षण मञ्च नेपाल९इसिएफ०ले आयोजना गरेको तालिममा झापाका  विभिन्न क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा कसरी विभिन्न तथ्याङ्कहरुलाई  नक्साङकन गरी विश्लेषण गर्न सकिन्छ भन्ने बारेमा सिकाइएको थियो । साथै तालिममा आर्क जि।आइ।एस।, गुगल अर्थ प्रो। सप्टवेयर, जिपिएसको प्रयोग र उपयोगिताबारे पनि सिकाइएको थियो  ।

विशुद्ध वातावरण सम्बन्धी काम गर्ने यस संस्थाले अहिले सम्म वातावरण संरक्षसमा टेवा पुर्याउने धेरै खालका काम झापाका विभिन्न स्थानीय तहमा सम्पन्न गरिसकेको मञ्चका अध्यक्ष हैकम घिसिङले  जानकारी दिनुभएको छ । अध्यक्ष घिसिङको सभापतित्वमा  समापन भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं। २ का  वडाअध्यक्ष  नगेन्द्र संग्रौलाले पछिल्ला समय वातावरण प्रदुषित भइरहेको बेला यस्ता कार्यक्रमले वातावरण संरक्षण गर्नेमा  जोड दिने बताउनुभएको छ ।  प्रमुख अतिथि रहनुभएका संग्रौलाले वातावरण संरक्षणमा स्थानिय सरकारले पनि यस्ता संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

समापन कार्यक्रममा कन्चनगढ बोर्डिङ स्कुलका संस्थापक जिवन पनेरु, नेपाल आदिवासी जनजाति महासंघ विर्तामोडका निवर्तमान  पदम बहादुर तामाङ ९देवराज०, अक्सफोर्ड एकेडेमिक सेन्टरका प्रबन्ध निर्देशक केशव मैनाली , साझामञ्च डट कमका  सरोज पौडेल , अनेरास्ववियू झापाका सचिव  रोशन लामा  र आँगन एफ एमका मदन संग्रौला  लगायतको उपस्थित रहेको थियो ।

तिन दिन सम्म संचालन भएको तालिमको काठमाडौबाट आउनुभएका प्रशिक्षकद्धय प्रतिक बज्राचार्य र रमेश लामिछानेले सहजिकरण गरिएको कार्यक्रमको संचालन मञ्चका सचिव नविन कोइरालाले गर्नु भएको थियो । कार्यक्रममा तिन दिन सम्म  सहभागि भएका प्रशिक्षर्थीहरुलाई प्रमाणपत्रले सम्मान समेत गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस