गायक शिव परियारको  ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत भिडियो सहित सार्वजनिक ।

भदौ २४।गायक शिव परियारको स्वर रहेको ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत सार्वजनिक भएको छ। ुशिवालय’ एल्बममा समावेश यस गीतलाई महेश आचार्यले लेखेका हुन् भने संगीत शिव परियारको नै रहेको छ।

 

 गीतको एरेन्ज सुजिल कर्मचार्यले गरेका हुन्। बजारमा आएका आफ्ना गीतभन्दा यो गीत केही फरक शैलीमा तयार पारिएको शिव बताउँछन्। गीतमा अहिलेको युवा वर्गलाई लक्षित गरिएको शिवको भनाइ छ। 

 

संगीता श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा कृतिका काफ्लेको अभिनय रहेको छ। लजव सिंहको छायांकन रहेको यस भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन्। हेर्नुहोस् गीत स् 
 

प्रतिकृया दिनुहोस