चलचित्र “दैलो” को बहु प्रतिक्षीत “कुतु कुतु लाग्यो मलाई ,कुतु कुतु” बोलको गित भिडियो सहित सार्वजनिक।

भाद्र २२ । नेपाली कथानक  चलचित्र “दैलो” को बहु प्रतिक्षीत  “कुतु कुतु लाग्यो मलाई , कुतु कुतु” बोलको गित शुक्रवार सार्वजनिक भएको छ । जमुना देवि फ्ल्मिस  प्रा।लिको  ब्यानरमा  निर्माण भएको चलचित्र “दैलो” को “कुतु कुतु लाग्यो मलाई,कुतु कुतु” बोलको गित  हाईलाइृट्स  नेपालले युट्भ च्यानल मार्फत शुक्रवार सार्वजनिक गरेको हो । 

 

सुरेश उप्रेतीको लेखन  तथा  निर्देशनमा निर्माणमा  भएको नेपाली कथानक चलचित्र “दैलो”ेको  उक्त गितमा नबोदित गाायिका  दुर्गाा साउतले  स्वर दिनु भएको छ । लक्षु प्रकाश मल्लको  संगित तथा  बिमल भट्टराईले शब्द लेख्नु भएको “कुतु कुतु लाग्यो मलाई , कुतु कुतु” बोलको  उक्त गित   दर्शक  तथा श्रोता माझ  निक्कै  लौक प्रिय  हुने  निर्माण  पक्षले विश्वास लिएको छ ।

 

चलचित्रमा  आईटम  गीतका रुपमा प्रस्तुत  गरिएको उक्त गितमा गम्बीर बिष्टले नृत्य  निर्देशन  गर्नुभएको छ भने , पवन पाठकले अभिनय गर्नुृ भएको छ । चलचित्रमा जम्मा २वटा गित रहेको निमार्ण  नियन्त्रक दृष्टान्त आर्चायले जानकारी दिनु भयो ।