चलचित्र ब्लाक भदौ १ गते रिलिज हुदै ।

२२ साउन ।  पछिल्लो पुस्ताकि चर्चित अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठद्धारा अभिनित नेपाली कथानक चलचित्र ब्लाक भदौ १ गतेबाट रिलिज हुने भएको छ । उक्त चलचित्रको प्रचार प्रसार सुरु गर्न सोमबार झापा आइपुगेका निर्देशक प्रदिप श्रेष्ठले भदौ १ गतेबाट देशभरका सबै हलबाट एकैसाथ रिलिज हुने जानकारी दिएका छन् ।

 

 

आश्मा फिल्म्स प्रालिको ब्यानरमा बनेको यो चलचित्रमा आश्मा पाण्डेको लगानी रहेको छ । चेतन कुमार पाण्डे कार्यकारि निर्माता रहेको चलचित्रमा मौनता श्रेष्ठको लेखन, महेश खड्का र प्रतिक पौड्यालले संगीत भरेका छन भने रामजी लामिछानेको कोरियोग्राफी र चन्द्र पन्तको द्धन्द्व निर्देशन गरेका छन् ।

 

 

जिवनको अन्धकारलाई मायाले उज्यालो बनाउन सक्छ भन्ने चलचित्रको सन्देश रहेको निर्देशक श्रेष्ठले बताएका छन् । ‘अहिलेको पुस्ताले मनपराउने समसामयिक कथालाई फिल्ममा प्रस्तुत गरेका छौं,’उनले भने,‘युवापुस्ताको प्रेमकथा, कुलत र मानसिकतालाई प्राथमिकता दिइएकोले पनि चलचित्रलाई दर्शकले मनपराउनेमा हामी ढुक्क छौं ।

 

’यता चलचित्र शत्रु गतेबाट चर्चा र सफलतका शिखर चुम्न सफल भएकि आचल शर्माले यो चलचित्रमा धेरै भन्दा धेरै मिहेनत गरेकाले उत्कृष्ट रहेको भन्दै आम दर्शकलाई नेपाली चलचित्र जगतलाई माया गर्नका लागि एक चोटि हलमा गएर हेर्न आग्रह गरिन् । अभिनेता आकाश श्रेष्ठले अभिनय गरेका पाचौं चलचित्र मध्ये यो तेस्रो रिलिज हुन लागेको र अन्य २ चलचित्र रिलिजको तयारीमा रहेको बताउदै आफुले ब्ल्याक फिल्ममा सामाजिक विषयवस्तुलाई जिवन्त अभिनय गरेको गराए । उनले भने हामी जस्ता कलाकारलाई सबै श्रोता र दर्शकको उपस्थिति आवश्यक छ ।

 

 

चलचित्रमा तिम्रो लागि लगायत ४ वटा गित रहेका छन भने चलचित्रको सुटिङ् मुस्ताङ, पोखरा, सिन्दुलि र काठमांडौ लगयात आकर्षक स्थानमा गरिएको छ । चलचित्रमा निर्मात्री आश्मा पाण्डेले २ करोड बढिको लगानी गरेकी बताइन् ।

प्रतिकृया दिनुहोस