पाकिस्तानी फिल्म मा रणबीर्

 

 

 ९ श्रावण,। बलिउडमा सक्रिय पाकिस्तानी कलाकारहरु धेरै छन् । उनीहरुलाई भारतबाट लखेट्नुपर्ने माग केही उग्रवादीहरुले गर्दै आएका छन् ।यसको विपरित पाकिस्तानमा भने भारतीय कलाकारहरुको नगण्य उपस्थिति छ । त्यहाँको फिल्म उद्योग सानो भएकाले महंगो पारिश्रमिकमा भारतीय कलाकारलाई खेलाउन निर्माताहरुले सक्दैनन् ।यसैबीच एक चर्चित बलिउड अभिनेताले अभिनय गरेको पाकिस्तानी फिल्म रिलिज भएको छ । यी अभिनेता हुन् रणवीर सिंह । उनले अभिनय गरेको पाकिस्तानी फिल्म ‘तीफा इन ट्रबल’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।यो फिल्ममा रणवीरको छोटो भूमिका छ । तर, पाकिस्तानमा भारतीय कलाकारहरुको निकै राम्रो क्रेज रहेको हुनाले फिल्मको व्यापार उच्च रहेको हो ।

 

 

 

 

 

यसफिल्ममा पाकिस्तानी अभिनेता अली जफरको मुख्य भूमिका रहेको छ । फिल्ममा रणवीरलाई सरप्राइज प्याकेजको रुपमा प्रस्तुत गरिएको छ ।रणवीर र अली जफरले दोस्रो पटक पर्दामा सँगै देखिएका हुन् । यसअघि उनीहरुले बलिउड फिल्म ‘किल दिल’ मा सँगै काम गरेका थिए ।

यो फिल्म भारतमा भने रिलिज भएको छैन । धेरैजसो भारतीय फिल्महरु पाकिस्तानमा रिलिज हुने गरेको भए पनि पाकिस्तानी फिल्महरु भारतमा चल्दैनन् । जाफरले यो फिल्म भारतमा चलाउन पहल गर्ने बताएका छन् ।

पाकिस्तानी फिल्ममा सबैभन्दा पहिले सन् १९५९ मा भारतीय अभिनेत्री शेहला रेहमानीले काम गरेकी थिइन् । त्यसपछि नसिरुद्दिन शाह, किरण खेर, अरबाज खान, नेहा धुपिया, जोनी लिवर जस्ता सिमित कलाकार पाकिस्तानी फिल्ममा देखिएका छन् ।

प्रतिकृया दिनुहोस