‘बाबु कान्छा’को शिर्ष गीतमा चुलबुले सलोन

 २० असार । निर्देशक शोभित बस्नेत र नायक सलोन बस्नेत आफ्नै होम प्रोडक्शनको ब्यानरबाट निर्माण भएको चलचित्र ‘बाबु कान्छा’लाई लिएर उत्साहित छन् ।

 

चलचित्रको प्रचारका लागि विभिन्न उपाय अपनाइरहेको यसको निर्माणपक्षले युटुबमा शिर्ष गीत सार्वजनिक गरेको छ । चलचित्रको शिर्ष गीतमा शम्भुजित बास्कोटाको स्वर, टंक बुढाथोकीको शब्द तथा संगीत छ । यो चलचित्र असार २९ गतेबाट रिलिज हुनेछ ।

 

चलचित्रमा नीर शाह, सरोज खनाल, करिश्मा श्रेष्ठ, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही, सम्राट सापकोटा, गीता अधिकारी, सुशान्त श्रेष्ठ, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जनको मुख्य भूमिका छ ।

 

रवि अधिकारी कार्यकारी निर्माता रहेको यो चलचित्रमा बाबु श्रेष्ठको छायांकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी छ । अष्ट महर्जनको एक्सन रहेको चलचित्रमा राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगति छ ।

प्रतिकृया दिनुहोस