वीरता जेसीज र बीईएफको सहकार्यमा २० विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा

बिर्तामोड, ३०   वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन (बीईएफ) को सहकार्यमा विपन्न परिवारका २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा आज बुधबारबाट शुरु भएको छ । 

वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशनले बुधबार संयुक्तरुपमा बिर्तामोडमा गरेको समारोहकाबीच प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीले निःशुल्क कम्प्युटर शिक्षा कक्षाको उद्घाटन गरे । 

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा वक्ताले कम्प्युटर शिक्षाको महत्वमा जोड दिँदै दीगो विकासको लक्ष्य प्राप्तिमा वीरता जेसीज र बीईएफको अभियानले टेवा पुग्ने बताए । कार्यक्रमका प्रमुख अतिथि मेयर तथा वीरता जेसीजका पूर्व अध्यक्ष समेत रहेका शिवाकोटीले जेसीज र बीईएफको अगुवाईमा उदाहरणीय काम भएको चर्चा गर्दै अवसरलाई  सदुपयोग गर्न छनौट भएका विद्यार्थीलाई आग्रह गरे । 

वीरता जेसीज र बीईएफबीच सहकार्यको सम्झौतापछि सार्वजनिक रुपमा सूचना आह्वान गरेर आवेदन गर्नेमध्येबाट २० जनालाई निःशल्क कम्प्युटर शिक्षाका लागि छनौट गरिएको हो । बिर्तामोडको भद्रपुर रोडस्थित झापा सुपरमार्केटमा रहेको बिर्तामोड एजुकेशन फाउण्डेशनमा बुधबारबाट नै छनौट भएका विद्यार्थीले कम्प्युटर शिक्षा लिन शुरु गरेका छन् । छनौटमा पर्नेहरुमा झापा, इलाम र पाँचथरका विपन्न तथा सिमान्तकृत परिवारका रहेका छन् । कम्प्युटरको आधारभूत कोर्ष, ग्राफिक्स डिजाइनिङ, एकाउन्टिङ प्याकेज, कम्प्युटर अपरेटर, हार्डवेयर एण्ड नेटवर्किङ कोर्ष मध्ये विद्यार्थीको रोजाईमा निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको हो । 

बीईएफका सञ्चालक तथा निर्देशक राज कार्कीले वीरता जेसीजसँग सहकार्य गरी सामाजिक क्षेत्रमा योगदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए । जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, वीरता जेसीजका दीर्घकालीन योजना सभापति राजकुमार पोखरेल, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायक उपरीक्षक कृष्णप्रसाद कोइरालाले निःशुल्क कम्प्युटर शिक्षा सिक्ने अवसरको अधिकतम् उपयोग गरेर सीपयुक्त र आत्मनिर्भर युवाको रुपमा उभ्याउन विद्यार्थीलाई शुभकामना दिए । 

कार्यक्रम संयोजक वीरता जेसीजका प्रकरण निर्देशक विशाल थापाले स्वागत गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष मिक्की कार्कीले आस्था वाचन गरेका थिए । त्यस्तै कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले  जेसीआई मिसन र भिजन तथा उपाध्यक्ष युवराज कुँवरले नेपाल जेसीज र वीरता जेसीजको सन् २०१८ को प्रकरण वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव कमलप्रसाद पाण्डे विनोदले गरेका थिए । 

कार्यक्रममा बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्टका निर्देशक एलसी श्रेष्ठ, वीरता लेडी जेसीजकी महासचिव सरु खनाल लगायतको आतिथ्य रहेको वीरता जेसीजका शाखा सम्पादक तुलसी निरौलाले बताए ।  

सन् १९८१मा स्थापित वीरता जेसीज युवाको व्यक्तित्व र नेतृत्व विकासका साथै सामाजिक र मानवीय सेवा क्षेत्रमा क्रियाशील छ । २०७३ साल फागुन २४ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भइ विधिवत् सेवा शुरु गरेको बिर्तामोड एजुकेशन फाउण्डेशन (वीईएफ) अध्ययन, अनुसन्धान तथा परामर्श सेवाहरु, अन्य शैक्षिक सेवाहरुमा क्रियाशील छ । 

‘संयुक्त राष्ट्र संघले सन् २०३०को समय सीमा राखेर तय गरेको दीगो विकासको लक्ष्यहरु मध्ये चौथो नम्बरको लक्ष्यमा गुणस्तरीय शिक्षा पर्दछ, नेपालले पनि दीगो विकासको लक्ष्य प्राप्ति गर्न समतामूलक र गुणस्तरीय शिक्षामा जोड दिएको छ’– वीरता जेसीजका अध्यक्ष गिरीले भने– ‘यही विषय मनन गरी दीगो विकासको लक्ष्य प्राप्तिमा टेवा पु¥याउन सिपयुक्त प्राविधिक शिक्षाका लागि वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन (वीईएफ) बीच यसै बर्षबाट सहकार्यको शुरुवात भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं ।’ 

‘कम्प्युटर शिक्षा आजको आधारभूत आवश्यकता बनिसकेको छ’– बीईएफका प्रबन्धक कार्कीले भने– ‘यो आवश्यकता परिपूर्ति र आर्थिक रुपमा विपन्न समुदायका विद्यार्थीको पहुँच कम्प्युटर शिक्षामा पुर्याउनु वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन (वीईएफ)बीच सहकार्यको मूल उद्देश्य हो ।’ 

निःशुल्क कम्प्युटर शिक्षा पाउने २० विद्यार्थी

अनिता खतिवडा, मिलन ढुंगेल, अनिषा लिम्बू, कुमार नेवार, खिलमाया विक, टिकाराम गिरी, अम्बिका कार्की, बालिका ढुंगेल, देवराज गिरी, विपिन सञ्जेल, सरिता लिम्बू, प्रियंका सोनी, ईश्वर राई, आषित खड्का, करिनाकुमारी राजवंशी, मन्दिला लावती, निरज प्रसाईं, विवेक भण्डारी, सवा परवीन र नेहाल आलम शेख रहेका छन् । 

प्रतिकृया दिनुहोस