फुटबल खेल्न सजिलो छैन विश्वकपमा छन दुख पाएका खेलाडि कोहि गाडि धुने कोहि भुईँ पुस्ने, कसले जित्ला त विश्वकप ???????

रुसमा बिहीबारदेखि सुरु हुने विश्वकप फुटबलमा यसपटक चम्किन सक्ने सुपरस्टारका बारेमा लगभग सबैलाई मोटामोटी जानकारी भइसकेको छ । रुस विश्वकपमा थप चम्किन सक्ने स्टारका बारेमा चर्चा पनि सबैतिर छ ।

 

तर विश्वकप फुटबल सुपरस्टारहरुको मात्रै होइन । यसमा धेरै यस्ता खेलाडी छन्, जसले विश्वकपसम्मको यात्रा तय गर्नका लागि जीवनको कठिन बाटोमा पाइला नापेका छन् ।

हुन सक्छ उनीहरु कम चिनिएका होलान्, तर उनीहरुले काटेको असजिलो यात्रा र बाँचेको विगतमा अग्ला अप्ठ्याराहरु छन् ।

यो विश्वकपमा यस्तो गोलरक्षक छन्, जसले आफ्नो फुटबल करिअरलाई आकार दिने क्रममा फोहोरमा पनि सुतेका थिए । उनले गाडी सफा गर्ने काम पनि गरे ।

उचाईकै कारण विशेष गरी चार पांग्रेको गाडी धोएको विगत बोकेका खेलाडीले रुसमा आफ्नो सपना बाँच्ने छन्, सफा र खुलेको आकाश जस्तै स्वच्छ । उनलाई पक्कै लाग्नेछ त्यो भव्यता आफूले धोएर चिरिच्याट्ट पारेको गाडी भन्दा पनि क्लिन ।

अर्को तर्फ यस्ता खेलाडी पनि छन्, आर्मीमा भएकै कारण राष्ट्रिय गान बजेका बेला हरेक पटक सेलुट हान्नु पर्छ । हामीले यो विश्वकप खेल्ने अरु भन्दा कम चिनिएका खेलाडीको संघर्षको कथा समेट्न थालेका छौँ ।

सुरुमा एसियाबाट विश्वकपका लागि छानिएका पाँच देशका केही खेलाडीको विगत र त्यसमा उनीहरुले बाँचेको संघर्ष ।

अलिरेजा बेइरान्वन्द, इरान


इरानका तीन गोलरक्षक मध्ये अलिरेजा बेइरान्वन्द सबैभन्दा अनुभवी हुन् । रुस विश्वकपका लागि उनी टिममा परेका छन् । तर उनका लागि यो यात्रा त्यति सजिलो भने भए ।

राष्ट्रिय टिमबाट विश्वको सबैभन्दा उच्च प्रतिस्पर्धामा प्रतिनिधित्व गर्नका लागि २५ वर्षका उनले धेरै सहनु परेको छ । अलिरेजाले आफ्नो करिअरको सुरुमा फोहोरमा पनि रात बिताउनु परेको थियो । ६ फिट ४ इन्च अग्ला उनले आफ्नो जीवन थान्नका लागि फुटबलमा आफूलाई स्थापित गराउँदै गर्दा धेरै पुरक काम गरे ।

यसमा ग्यारेजमा गाडी सफा गर्ने काम पनि हो । त्यहाँ उनी अग्ला भएका कारण चार पाङ्ग्रे गाडी सफा गर्ने ‘स्पेसलिस्ट’ बने । उनीको जन्म भेडाचराउँदै विभिन्न ठाउँ हिँड्ने आदिवासी परिवासमा भएको हो । उनले लुगा बनाउने उद्योग र पिज्जा सपमा पनि काम गरे ।

यसरी संघर्ष गरेर आफूलाई स्थापित गरेका उनी अहिले तेहरानको क्लब पेर्सेपोलिसबाट खेल्छन् । उनले इरानलाई विश्वकप ल्याउने क्रममा १२ खेलमा गोल नै खाएनन् ।

इरान विश्वकपका लागि स्पेन, पोर्चुगल र मोरक्कोसँग समूह बी मा छ । इरान लगातार दोस्रोपटक विश्वकपका लागि छनौट भएको हो ।

युतो नागातोमो, जापान


डिफेन्डर युतो नागातोमो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चिनिकै नाम हुन् । रुस विश्वकपका लागि जापानको टिममा रहेका तीन खेलाडीले कम्तिमा १०० पटक देशका लागि खेलेका छन् । उनी त्यस मध्येका एक हुन् ।

तर उनका बारेमा कम जानकारी भएको कुरा यो हो कि उनले जापनिज अभिनेत्री एइरी ताइरासँग विवाह गरेका छन् र विवाहको प्रस्ताव सन् २०१६ मा सान सिरोको मैदानमा प्रस्ताव गरेका हुन् । ३१ वर्षका नागातोमो इटालिय क्लब इन्टर मिलानमा अनुबन्धित छन् तर लोनमा टर्किस क्लब गालातासारेबाट खेल्छन् ।

उनी यो विश्वकपमा आफ्नो टिमलाई अघिल्लो पटक भन्दा माथि लैजाने लक्ष्यमा छन् । सन् २०१४ को विश्वकपमा जापान समूह चरणबाटै बाहिरिएको थियो । रुस विश्वकपका लागि जापन रहेको समूह एच मा पोल्याण्ड, सेनेगल र कोलम्बिया छन् ।

होङ्ग चुल, किम मिन–वु र जु सि–जोङ्ग, दक्षिण कोरिया


रुस विश्वकपमा समूह एफ अन्तर्गत दक्षिण कोरियाको खेल सुरु हुने बेला नछुटाउनु होला । दक्षिण कोरियाका तीन खेलाडीले राष्ट्रिय गान बजेका बेला सेलुट हान्ने छन् ।

डिफेन्डर होङ्ग चुल, किम मिन–वु र मिडफिल्डर जु सि–जोङ्गले यस्तो गरेको देखिने छ । किनकी उनीहरु तीनजना आर्मी सेवामा छन् र आर्मी सेवामा भएकाले राष्ट्रिय गान बज्दा सेलुट हान्नु पर्छ । २८ वर्षसम्म आर्मीमा रहेका खेलाडीले राष्ट्रिय गान बज्दा सेलुट हान्नै पर्छ ।

सि–जोङ्ग र चुल २७ वर्षका भ एभने मिन–वु २८ वर्षका छन् । दक्षिण कोरिया यसअघिको विश्व विजेता जर्मनी, मेक्सिको तथा स्वीडने रहेको समूहमा छन् ।

अब्दुल्लाह अल–खाइबारी, साउदी अरेबिया


मिडफिल्डर अब्दुल्लाहका लागि जीवनका पछिल्ला केही महिना तीव्र गतिमा घुमिघुमि वहने बतास जस्तै रह्यो ।

सन् २०१७ को फेब्रुअरीमा व्यवसायिक फुटबलमा डेब्यु गरेका उनी विश्वकपका लागि साउदी अरेबियाको टिममा परे । २१ वर्षका उनी साउदी प्रो लिगमा खेल्ने रियादको क्लब अल–सबाबबाट खेल्छन् ।

साउदी अरेबियाले विश्वकपको उद्घाटन खेलमा बिहीबार आयोजक रुससँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि उसले इजिप्ट र उरुग्वेसँग खेल्नेछ ।

मिलोस डिजेनेक, अस्ट्रेलिया


मिलोस डिजेनेकको परिवार सर्बियालीको रुपमा क्रोएसियामा बस्दै आएको थियो, तर कोशोभोमा भएको युद्धको क्रममा उनको परिवार बेलगार्डेमा विस्थापित भयो ।

सन् २००० लुगाले भरिएका दुई झोला र साथमा ४०० डलर लिएर अस्ट्रेलियाको सिड्नी आएका हुन् । उनले भने, ‘मैले सानै हुँदा अरुले नदेख्ने धेरै कुरा देखेको छु ।’

अस्ट्रेलिया आएपछि उनले त्यो बेला अस्ट्रेलियाको १७ वर्षमुनिको टिमबाट खेल्न थाले । त्यसपछि उनले सर्बियाको १९ वर्षमुनिको टिमबाट पनि खेले । तर पछि उनी आफ्नो कर्मथलो अस्ट्रेलिया रोजे ।

२४ वर्ष डिजेनेकले भने, ‘मैले मनलाई पछ्याएँ, फुटबल रोजेँ । मलाई सबथोक दिएको देशलाई अब म केही दिन चाहन्छु ।’

अस्ट्रेलियाका उनी क्लब फुटबल जापानमा खेल्छन् । उनी योकोहामा एफ–मारिनोसबाट खेल्छन् । उनले विश्वकप छनौटमा ९ खेल खेले । विश्वकपका लागि समूह सी मा रहेको अस्ट्रेलियाले फ्रान्स, पेरु र डेनमार्कसँग खेल्नेछ ।  स्रोत देश सञ्चार डट कम 

प्रतिकृया दिनुहोस