तरकारी बेचेरै सन्तान लाई उच्च शिक्षा

दिपेन लावती /शान्तिनगर,     

झापा बुद्धशान्ति गाउँपालिका–७ सुनमाईका ४६ बर्षीय सुर्यकुमार भट्टराई र उनकी ४४  बर्षिया पम्फा भट्टराईले ब्यवसायिक तरकारी खेती गरि बार्षिक लाखौ आम्दामी गरिरहेका छन् । उनीहरु अढाई दशकदेखि ब्यवसायिक तरकारी खेती गर्दै आएका छन् । उनीहरुको समय बिहानदेखि बेलुकी सम्मै तरकारी बारीमा बित्ने गरेको छ । उनीहरुको २ बिगाहा जमिन लिजमा लिएर टमाटर, काक्रा, सिमी लगायतका तरकारी बाली लगाएका छन् ।

 

बाह्रैमास तरकारी खेती गर्ने उनीहरु गाउँमा ‘नमुना दम्पती’ को रुपमा परिचित छन् । उनीहरुले तरकारी बेचेरै आफ्नो ३ सन्तानलाई नीजि बिद्यालय पढाएका छन् । जेठा छोरोले ‘आइएस्सी’ सकेर दमक टेक्निकल कलेजमा आइटी अध्ययन् गरिरहेका छन् भने छोरी दमककै एक कजेजमा कक्षा १२ मा पढ्दैछिन् । कान्छो छोरा स्थानीय मुनामदन एकाडेमीमा कक्षा ९ मा बढ्दैछन् ।

 

‘छोरा, छोरीको पढाई राम्रै छ’, पम्फा भन्छिन्–‘उनिहरुको उज्वल भविष्यका लागि नै मेहनत गरिरहेका छौ ।’ जति सम्म पढ्छन् पढाउने योजना छ । छोरा छोरीको पढाई प्रति सन्तुष्ट छौ, सुर्यकुमार भन्छन् ‘तरकारी खेती गर्न थालेको २५ बर्ष पुगेछ’, बिगत सम्झदै उनले भने । पहिला सिचाँई बिना खेती गर्नु परेको अवस्था थियो तर अहिले आधुनिक तवरले करिब १ बिगाहा क्षेत्रमा टमाटर खेती गरिरहेका छौ । टमाटर पछि उनिहरुले काक्रा रोप्ने तयारी गरेका छन् ।

 

उत्पादित तरकारी बेच्न बजारको समस्या नभएपनि बिचौलियाका कारण सोचे अनुरुपको भाउ भने नपाउने गरेको सुर्यकुमार गुनासो छ । तरकारी उत्पादन भएको स्थानबाटै बजार लैजान मोटरबाटोको सुबिधा छ । उनीहरुले उत्पादन गरेको तरकारी बुधबारे, चारआली र बिर्तामोडसम्म पुग्ने गरेको छ । तरकारी बेचेर बार्षिक ३ लाख बढि कमाउने गरेको उनले बताए । ‘बर्खामा अझ धेरै कमाई हुन्छ’, तर बालीमा किरा लाग्ने संभावना बढि हुने गरेकाले केहिले काही सोचे अनुरुपमा कमाई नहुने उनले बताए ।


‘आइएस्सी’ सम्म अध्ययन गरेका सुर्यकुमारको हरेक काममा श्रीमती पम्फाको सहयोग प्रेरणादायी छ । जिल्ला कृषि बिकास कार्यालयबाट बिभिन्न अनुदानले खेतीमा थोरै भएपनि सहयोग गरेको छ । साहारा नेपाल अन्तर्गत कारितास नेपालले ९० प्रतिशत अनुदानमा केही समय अघि १ लाख मुल्यको हाते ट्याक्टर पनि प्रदान गरेका छ । ‘भनेको समयमा गोरु नपाईने’, हाते ट्याक्टर भएपछि समयको बचत र काम छिटो हुने हुदाँ काम गर्न सहज छ’, उनीहरु भन्छन् । गाउँमा पर्याप्त सिचाई भएका कारण तरकारी खेती गर्न सजिलो छ ।

 

उनीहरुको ५ जनाको परिवार तरकारी खेतीले नै धानेको छ । रासाईनिक पद्धतीलाई छोड्दै जैबिक बिसादी प्रयोग गरि उनीहरु खेती गर्छन् । टमाटर प्रतिकेजी ३५ देखि ४० रुपयाँसम्म चारआलीको एक मण्डीमा दिने गरेका छन् । यो बर्षमात्र उनीहरुले ३० क्विन्टर टमाटर बेचिसकेका छन् । तरकारी बालीमा आउने बिभिन्न समस्याको समाधान पनि आफै गर्ने गरेका छन् । अव टनेलमा टमाटर खेती गर्ने सोचमा रहेको सुर्यकुमार भन्छन् । अझ धेरै जग्गामा ब्यवसायिक तरकारी खेती गर्ने सोचमा छौ’, उनले भने । अन्य पेसामा नलागी बाचुन्जेल तरकारी खेती गर्ने मन भएको उनीहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस