अर्जुनधारा नगरपालीकामा अपाङग महिला बलत्कृत

झापा अर्जुनधारा–२,झेलेनी निवासी वर्ष ३० की  फूलमाया ढकाल (परिवर्तित नाम) लाई  छिमेकी  गणेश खनालले बलत्कार गरेको  स्थानीयबासीले  आरोप  लगाएका छन् ।

 

२२ गते शनिबार मध्यान्ह १२ बजेको घरमा कोही नभएको समयमा घरदेखि केही टाढा मकैबारीमा लगेर बलत्कार गरेको समयमा भेटेको स्थानीय प्रत्यक्षदर्शीहरु बताएका छन्   ५० वर्षका खनालले भने आरोप स्वीकार गरेका छैनन् । 

 

उनिहरुका अनुसार घटनादेखेपछि गाउँमा हल्लाखल्ला भयो त्यसपछि घटना घटेको भोलिपल्ट परिषद्ले छलफलका लागि गाँउभेला बोलाइएको थियो  । सोही वडाका वडाध्यक्ष रघु खनाल ,वडा सदस्य इन्दिरा पराजुली लगायत सामाजिक व्यक्तित्व र स्थानीयबासीबीच छलफल भएतापनि छलफल निषकर्षमा  पुगन सकेन ।

 

  छलफलमा  महिलाका परिवार पक्षले उनलाई श्रीमतीको रुपमा स्वीकार गर्नुपर्ने र राम्रो पालनपोषण गर्नुपर्ने माग राखेका थिए तर खनालले आँफूप्रति लोगेको आरोप झुटो भएकाले कुनै मागहरु स्वीकार नगर्ने बताए । जन प्रतिनिधिहरुले छलफलमा बस्दा पनि आरोपित खनाललाई कुनै सोधपुछ नगरेको र पीडित महिलाको न्यायको लागि पनि केही नबोलेको र बिना निष्कर्ष निस्केर हिँड्ने गरेकाले समस्या ज्यूको त्यू रहेको भनी स्थानियको गुनासो  रहेको छ । 

 

 

त्यसपछि २३ गते बुधबार तिनै प्रतिनिधि र स्थानीयबासी बीच छलफल  भएको  थियो । तर बुधबारको छलफलमा भने आरोपित गण्े।श खनाल फरार थिए । उनी फोन सम्पर्कमा पनि थिएनन् । फोन गर्दा मोबाइल घरमा नै रहेको परिवार पक्षले बताएका थिए । समाजले झुटो आरोप लगाएकाले फरार  भएको र ज्यानमाथि कुनै अप्रिय घटना घटे ढकाल पक्षले बेहोर्नुपर्नेआरोप आएपछि विवाद अझ चर्किएको छ । निष्कर्ष विहिन बन्न पुगेकाले कानुनी रुपमै न्यायको ढोका ढक्ढक्याउन बलत्कृत पक्ष इलाका प्रहरी कार्यलय विर्तामोडमा पुगेको पारिवारीक स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस