हलिउडका एक चर्चित निर्माता हार्वी वाइनस्टिनद्धारा आत्मसमर्पण

हलिउडका एक चर्चित निर्माता हार्वी वाइनस्टिनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनीमाथि बलात्कार र यौन उत्पीडन सम्बन्धी मुद्दा दायर गरिएको छ । यद्यपि अदालतले उनलाई एक मिलियन डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीमाथि अभिनेत्रीहरुसहित करिब ७० महिलाहरुलाई बलात्कार र यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

 

 

गत वर्ष यो खुलासा भएलगत्तै हलिउडसहित विश्वभर ‘मी टु’ ह्यासट्यागसहितको अभियान स्वतस्फूर्त चलाइएको थियो । यही ह्यासट्याग राखेर कयौं महिलाहरुले सामाजिक सन्जालमा आफूमाथि पनि यौन उत्पीडन भएको खुलासा गरेका थिए । हार्वी वाइनस्टिन प्रसिद्ध मिराम्याक्स स्टुडिओका सहसंस्थापक समेत हुन् । अदालतमा अभियोजन पक्षले वाइनस्टिनले युवतीहरुलाई आफ्नो हैसियत र ताकत प्रयोग गरी यौन शोषणका लागि बाध्य पार्ने गरेको आरोप लगाएको छ ।

प्रतिकृया दिनुहोस